भुटानी शरणार्थीको हत्या

  दमक/ दमकस्थित भूटानी शरणार्थी शिविर वेलडाँगीका एक युवकको हत्या भएको छ । दमकस्थित भुटानी शरर्णाी शिविर बेलडाँगीमा बसोवास गर्दै आएका एलबी भनिने ४६ बर्षीय लालबहादुर गुरुङको झापा र इलाम चुलाचुलीको सीमा क्षेत्र रतुवाखोलास्थित झोलुंगे पुलमा अपरिचित समुहको आक्रमणमा खुकुरी प्रहार गरी हत्या भएको हो ।
आज अपरान्ह साढे ४ बजे तिर उनीमाथि धारिलो हतियार प्रहार हुँदा खुट्टा र हातमा गहिरो चोट लागेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । झोलुङे पुलबाट प्रहरीले उद्धार गरी अस्पताल पुरयाएको थियो । उनको विर्तामोडस्थित वीएनसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
गुरुङ यस अघि पटक पटक जेल सजाय भोगेर केही समय अघि शरणार्थी शिविरमा आएका थिए । पुरानो रिसइवीका कारण कसैले उनको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । मृतक गुरूङ परिवारसहित शिविरमा बस्ने गरेका थिए ।

बिहिबार, ०६ असोज, २०७९, बिहानको ०९:५७ बजे

सम्बन्धित खवर