दमक, ५ कार्तिक/ सुनसरीमा अनटेष्ट कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित भित्री सडकखण्डमा कार दुर्घटना हुँदा सोही नगरपालिका–६ चक्रघट्टीका ४० वर्षीय कृष्णप्रसाद दाहालको मृत्यु भएको हो।
प्रहरीका अनुसार बिहीबार राति ८ बजे कालाबञ्जरदेखि चक्रघट्टी आउँदै गरेको कार आफैं अनियन्त्रित भएर सडकबाट पैनीमा पल्टेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दाहालको नगर अस्पताल चक्रघट्टी पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Facebook Comments Box