भण्डारीको विज्ञाप्तीप्रति एमाले सुनसरीको आपत्ती

सुनसरी/   नेकपा एमाले सुनसरीले जिल्ला सचिवालयले गरेको निर्णय भनि जारी गरिएको विज्ञाप्तीप्रति केन्द्रीय सदस्य तथा जिल्ला समिति अध्यक्षले आपत्ती जनाएका छन् । केन्दीय सदस्य तथा जिल्ला इन्चार्ज धर्मराज निरौला र जिल्ला अध्यक्ष रमेशकुमार बस्नेतले विज्ञाप्ती जारी गर्दै आफूहरुको आपत्ती रहेको बताएको हुन् ।

विज्ञाप्तीमा सचिवालयको निर्णय भन्दै रेवतीरमण भण्डारीले कार्तिक २ गतेको बैठक निर्णयको जारी विज्ञाप्ती झुट र भ्रामक भएको भन्दै आपत्ती जनाएका हुन् । भण्डारीले गत कार्तिक २ गते पार्टीको वडा अधिवेशन र पालिका अधिवेशनको विषयमा जिल्ला कमिटि सचिवालयको बैठकले गरेका निर्णयहरु भन्दै सार्वजनिक गरेका थिए ।

हेर्नुहोस् विज्ञाप्तीको पूर्णपाठ –

शुक्रबार, ०५ कार्तिक, २०७८, साँझको ०७:२३ बजे

सम्बन्धित खवर