गाई काटेको आरोपमा ४ जना पक्राउ

गाई काटेको आरोपमा ४ जना पक्राउ

दमक/झापाको दमक ७ स्थित सयपत्री टोलमा गाईको बाछी काटेर घरमा मासु लुकाउदै गरेको अवस्थामा  चार जनालाई प्रहरीले हिजो पक्राउ गरेको छ ।
गाईको बाछो काटेर घरमा मासु लुकाइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकले छापा मारेर दमक ७ का २० वर्षिय बब्लु अली , सोही ठाउँका ४२ वर्षिय ढकराज रामदाम , २७ वर्षिय छोटे अली र २९ वर्षिय प्रदीप सुवेदीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उनीहरुले बिहीबार बेलुका नै बाछी काटेर मासु व्यवस्थापन गरेको र शुक्रबार सो बारेमा टोलमा चर्चा भएपछि प्रहरीलाई गोप्य सूचना आएको थियो । सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले करिब १० केजी मासुसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनीहरु विरुद्ध गौहत्या सम्बन्धि मुद्धामा कार्वाही चलाउने प्रहरीको तयारी छ ।

आइतबार, ०७ मंसिर, २०७७, बिहानको ११:५९ बजे

सम्बन्धित खवर