बलात्कारविरुद्धको कानुन थप कडा बन्ने

बैबाहिक बलात्कारका घटनामा ५ वर्षसम्म कैद

मंसिर ७, काठमाडौं / बलात्कारविरुद्धको कानुन थप कडा बन्ने भएको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले अध्यादेश पारित गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरको एक मन्त्रीले जानकारी दिए ।
आइतबारको बैठकबाट पारित उक्त अध्यादेश आइतबारै जारी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको बुझिएको छ ।

केही दिन पहिला कानुन मन्त्रालयले अध्यादेश तयार पारेर मन्त्रिपरिषद्‍मा पेस गरेको थियो ।
मुलकी अपराध संहिता २०७४ अनुसार हालको कानुमा १० बर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांग र ७० बर्षमाथिका महिलालाई बलात्कार गरेमा जन्मकैद र १४ वर्ष भन्दा मुनिका बाललिकालाई बलात्कार गरे १८ देखि २० कैदको व्यवस्था छ ।

त्यस्तै १४ माथि र १६ मनिकालाई बलात्कार गरे १२ देखि १४ बर्ष कैदको व्यवस्था छ । १६ देखि १८ सम्मका लाई बलात्कार गरे १० देखि १२ वर्ष कैदको व्यवस्था छ । त्यस्तै १८ वा त्यो भन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्ष कैद रहेको छ । बैबाहिक बलात्कारका घटनामा ५ वर्षसम्म कैदको व्यवस्था छ ।

आइतबार, ०७ मंसिर, २०७७, दिउँसोको ०३:१५ बजे

सम्बन्धित खवर