कमल गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि

दमक/झापाको कमल गाउँपालिकामा आज आइतबार एक जना स्वास्थ्यकर्मीसहित थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । गाउँपालिकाको कोभिड व्यवस्थापन सम्बन्धिका फोकल पर्सन इन्द्र अर्यालका अनुसार यससंगै कमलमा कोरोना संक्रमितको कूल संख्या १७८ पुगेको छ ।

गत मसिंर ५ गते स्वाव संकलन गरेर पठाइएका कन्ट्रयाक टेसिङमा परेका ११ मध्ये एक स्वास्थ्यकर्मीसहित तीन जनामा संक्रमण देखिएसंगै संक्रमितको संख्या १७८ पुगेको हो भने सक्रिय संक्रमितको संख्या आजदेखि २८ जना कायम भएको छ । कोरोना संक्रमणका कारण सो गाउँपालिकामा हाल सम्म ६ जनाको मृत्यु भइसकेको अर्यालले जानकारी दिए । हिजो सम्म सक्रिय संक्रमितको संख्या ५१ रहेकोमा फलोअपको पछिल्लो प्राप्त रिपोर्ट अनुसार अब सक्रिय संक्रमित संख्या २८ कायम भएको हो ।

आइतबार, ०७ मंसिर, २०७७, दिउँसोको ०३:२७ बजे

सम्बन्धित खवर