विश्वभर थप ३ लाख ८५ हजार संक्रमित थपिए, ४ हजार १०६ संक्रमितको मृत्यु

   ६ मंसिर , काठमाडौँ / विश्वभर थप ३ लाख ८५ हजार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख २८ हजार ९३३ जना संक्रमणमुक्त भएका छन् भने ४ हजार १०६ जना संक्रमितको मृत्यु भएको छ।

ओल्डोमिटरको तथ्यांकअनुसार बेलायतमा ४० हजार ४, रुसमा ३६ हजार ९७०, अमेरिकामा २७ हजार ४१०, टर्कीमा २१ हजार १७७ र ब्राजिलमा ५ हजार १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी कोरोनामुक्त हुनेमा बेलायतमा ३७ हजार ५२७, टर्कीमा ३४ हजार २९०, रुसमा ३२ हजार ५०४, अमेरिकामा २० हजार ६४ र ब्राजिलमा ४ हजार २९३ जना छन् ।

मृत्यु हुनेमा रुसमा एक हजार २५२, टर्कीमा १९५, ब्राजिलमा ९७, अमेरिकामा ९६ र बेलायतमा ६१ जना छन् ।

सोमबार, ०६ मंसिर, २०७८, बिहानको ०८:५८ बजे

सम्बन्धित खवर