माओवादीले छान्यो दमक नगरका वडा नेतृत्व

   दमक / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापाको दमक नगरपालिकाभित्र वडास्तरीय सम्मेलन सम्पन्न गरेको छ । दमक १ को सम्पन्न अधिवेशनबाट २७ सदस्य समिति चयन भएको छ । जसको अध्यक्षमा प्रेम बेघा लिम्बु, उपाध्यक्षमा पशुपति पराजुली, सचिवमा यामबहादुर राई, सह—सचिवमा कुलबहादुर श्रेष्ठ, कोषाध्यक्षमा एलिसा बर्देवा चयन भएका छन् ।
यसैगरी वडा नं २ मा सम्पन्न अधिवेशनले अध्यक्ष जगत्बहादुर श्रेष्ठ, उपाध्यक्ष चन्द्रकुमार श्रेष्ठ, सचिव लक्ष्मी नेपाल, सह—सचिव भगिराज राई, कोषाध्यक्ष हिमादेवी श्रेष्ठलाई नेतृत्वको जिम्मेवारी दिएको छ ।
माओवादी केन्द्र दमक वडा नं ३ मा अध्यक्ष अनिल थापा, नन्दिलाल धिमाल, गायत्रीदेवि कटुवाल, सहसचिव शेरबहादुर मगर, कोषाध्यक्ष मुनादेवी पोखरेल चयन भएका छन् भने वडा नं ४ को अध्यक्षमा मानबहादुर श्रेष्ठ, उपाध्यक्षमा विष्णुमाया धिमाल, सचिव डिकबहादुर कार्की, सह—सचिव हेमराज गौतम, कोषाध्यक्ष तारा खनाल चयन भएका छन् ।
पहिलो पटक चुनावी अभ्यास गरेको पार्टीले वडा नं. ५ मा २३ सदस्य समिति चयन भएको छ । जसको अध्यक्ष एकराज लुईटेल, उपाध्यक्ष हेमन्तीदेवी गजुरेल, सचिव राजेन्द्रप्रसाद गौतम, सह—सचिव मानव गौतम, कोषाध्यक्ष संगीता पौडेल श्रेष्ठ छानिएका छन् ।
दमकको वडा नं ६ मा अध्यक्षमा ज्ञाननाथ पौडेल, उपाध्यक्षमा मनोज अग्रवाल, सचिवमा दिपा लिम्बु, सह—सचिवमा पवन मिश्र, कोषाध्यक्षमा युवराज पाठक चयन भएको पार्टीले जनाएको छ ।
यसैगरी वडा नं ७ मा अध्यक्ष लालसुन्दर राई, उपाध्यक्ष छत्रपति तिम्सिना, सचिव सुन्दर देवान, सह—सचिव अर्जुन आचार्य, कोषाध्यक्ष निर्मला लावती चयन भएका छन् । वडा नं ८ मा अध्यक्ष प्रकाश तिम्सिना, उपाध्यक्ष बालकृष्ण गजमेर, सचिव कमलप्रसाद खनाल, सह—सचिव दुर्गा ढुङ्गाना चयन भएका छन् ।
वडा नं नौमा अध्यक्षमा नगेन्द्र घोर्सार्इँ, उपाध्यक्ष श्याम कुमाल, सचिव धुव्र लामा, सह—सचिव नगेन्द्र थापा, कोषाध्यक्ष चिन्तादेवी पुरी चयन भएका छन् भने वडा नं १० को अध्यक्षमा टंकप्रसाद न्यौपाने, उपाध्यक्ष मिनबहादुर राजवंशी, सचिव दिलबहादुर गुरुङ, सह—सचिव कुमारबहादुर भूजेल, कोषाध्यक्ष कुमारी धिमाल चयन भएको नगर संयोजक तिर्थराज बस्नेतले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशभरका वडाहरुमा मंसिर ४ गते एकैदिन अधिवेशन सम्पन्न गरेको छ ।

 

सोमबार, ०६ मंसिर, २०७८, बिहानको ०९:०७ बजे

सम्बन्धित खवर