सेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ, ६ मंसीर/ साताको दोस्रो दिन सोमबार पुँजीबजार मापक परिसूचक नेप्से बढेको छ । आज नेप्से ७.९ अंकले बढेर दुई हजार ७६५ दशमलव ४३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ २.८९, होटल तथा पर्यटन १४९.७६, व्यापार १५.८३, जलविद्युत १०.९२, निर्जीवन बीमा ९९.४८, अन्य २७.६५, लगानी ०.७२ र म्यूचुअल फन्ड ०.०६ अंकले बढेको छ । त्यस्तै, विकास बैंक ३४.९९, फाइनान्स २३.२९, उत्पादन २४.९१, माइक्रोफाइनान्स १४.५७ र जीवन बीमा ७.०८ अंकले घटेका छन् ।
आज दुई सय २५ कम्पनीको ७५ लाख कित्ता शेयर ३ अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएको छ ।

सोमबार, ०६ मंसिर, २०७८, साँझको ०५:३४ बजे

सम्बन्धित खवर