आगो ताप्दा जलेर एक महिलाको मृत्यु

७ पुष , झापा / झापाको बिर्तामोडमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका २ पन्चमबारी टोल बस्ने ४१बषीया गनिता राजवंशी रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार जानकी इट्टाभट्टामा डेरा गरी बस्ने बनारसी सहनीकी श्रीमती गनिता ताप्दै गरेको आगोमा लडेकी थिइन् ।

आफूले बालेको आगोमा लडेर कपडामा आगो सल्किएर उनको घटनास्थलमै मृत्यु भएको हो । गनिता लामो समयदेखि छारे रोगले ग्रसित थिइन् । रोगले च्यापेपछि उनी आगोमाथि लडेकी थिइन् ।

मङ्गलबार, ०७ पुष, २०७७, बिहानको ०९:१७ बजे

सम्बन्धित खवर