पाँचतले छतबाट हाम फाल्दा महिलाको मृत्यु

इलाम , ७ पुष/ इलाम नगरपालिका-८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छन् ।
पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएको प्रहरीले जानकारी दिएको छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएको छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

बुधबार, ०७ पुष, २०७८, बिहानको १०:४७ बजे

सम्बन्धित खवर