दुबईका शासकको इतिहासकै महँगो सम्बन्धविच्छेद

दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पूर्वपत्नी प्रिसेस हया बिन्त अल हुसेनबीच भएको सम्बन्धविच्छेदलाई अदालतले अनुमति दिएको छ।
यद्यपि सम्बन्धविच्छेदको लागि दुबईका शासकले पूर्वपत्नीलाई इतिहासकै महँगो करिब ५० करोड पाउन्ड बराबरको रकम बुझाउनुपर्ने भएको छ। बीबीसीका अनुसार यो बेलायतको कानुनी इतिहासकै सबैभन्दा ठूलो सम्बन्धविच्छेदको मुद्दा हो।
मंगलबार बेललायतको उच्च अदालतले प्रिसेन्स हया बिन्त हुसेनलाई २५ करोड १५ लाख पाउन्ड दिनुपर्ने फैसला सुनाएको हो। उनी जोर्डनका पूर्व शासककी छोरी हुन्।
दुबईका शासक यूएईका प्रधानमन्त्री हुन्। उनले ६ ओटा विवाह गरेका छन्। हया उनकी कान्छी पत्नी हुन्। बेलायतको उच्च अदालतको फैसला अनुसार प्रिन्सेस हयालाई दिइने रकमबाट उनीहरुको दुईओटा सम्पत्ति चलाउन आवश्यक पर्ने खर्च पनि पूरा गरिनेछ।
साथै यसमा सुरक्षा खर्च, बिदा, एक नर्स र एक सहयोगीको तलब र उनको बस्ने प्रबन्ध, परिवारको लागि सवारीसाधन र पाल्तु जनावरको खर्च पनि सामेल छ।
फैसलामा उनीहरुको दुई सन्तानको लागि वार्षिक ५६ लाख पाउन्ड पनि दुबईका शासकले दिनुपर्नेछ। उनीहरुको दुई बच्चामध्ये १४ वर्षीया छोरी र ९ वर्षका छोरा छन्। उनीहरुलाई २९ करोडको ग्यारेन्टी पनि दिनुपर्नेछ।
प्रिन्सेस हया सन् २०१९ मा दुबईबाट भागेर बेलायत पुगेकी थिइन्। उनले आफ्नो ज्यानमाथि खतरा रहेको बताएकी थिइन्।

बुधबार, ०७ पुष, २०७८, बिहानको ११:१८ बजे

सम्बन्धित खवर