साँच्चै माक्स फर्किए छन !!

पुस्प प्रशान्त रिजाल

हो कमरेड !!
साँच्चै माक्स फर्किए छन !!

गोकर्ण रिसोर्टमा सयर गदै,
ललिता निवासमा बङगला बनाउदै रहेछन्।
मेलम्चीमा स्नान गर्दै
दलाल संग पाँचतारे होटलमा खसीका साँप्रा चुस्दै रहेछन्
हो कमरेड ,
साँच्चै माक्स फर्किए छन्

सत्ता, कुर्सी र सम्पतीका निम्ति
बर्ग – सङघर्ष गरदै॥
ठेकेदार, ब्यापारी र दलालीको
मुक्ती आन्दोलनमा लड्दै रहेछन् ॥
महाविर पुनको बुर्जुवा शिक्षा माथी
क्रान्तिको बिगुल फुक्दै
रामदेवसँग दोन्द्वात्मक भौतिकबादी
मितेरी घास्दै रहेछन् ॥
हो कमरेड,
साँच्चै माक्स फर्किएछन् ॥

पप्पु ,मनाङगेहरुका आधार शिविरहरुमा
व्रम्हलुटको हिस्सा खोज्दै रहेछन् ॥
कमिशनको अर्थशास्त्रमा
पुजीको बाँकी अंश पुरा गर्दै रहेछन् ॥
श्रमजिवी ,सर्वाहारा सबै बैरी
पुजीपति घुसखोरी उनका प्रिय सखा भएछन् ॥
बर्ग शत्रु पनि फेरीएछन्, क्यार
सर्वाहारीलाई पेल्दै रहेछन्
आसेपासे, दलालहरुको पेट पनि भरदै रहेछन ॥

हो कमरेड
साँच्चै आज माक्स फर्किएछन् ॥
मैले पनि पत्याए
माक्स आज साँच्चै फर्किएछन् ॥

आइतबार, ०६ पुष, २०७६, बिहानको १०:०२ बजे

सम्बन्धित खवर