अष्ट्रेलिया काण्डलाई लिएर नेपाल प्रहरीमा उजुरी ।

अस्ट्रेलियामा रहेकी एक नेपाली युवतीले ‘अस्ट्रेलिया काण्ड’ भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको अश्लील भिडियो क्लिपमा फेसबुकमा रहेको आफ्नो भिडियो जोडेर चरित्र हत्या गरेको भन्दै नेपालमा उजुरी गरेकी छिन् ।
अश्लील साइटमा राखिएको असम्बन्धित भिडियोमा आफ्नो भिडियोको सानो क्लिप जोडेर चरित्र हत्या गरिएको भन्दै अस्ट्रेलियाबाटै बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी आएको हो । सोमबारदेखि ‘अस्ट्रेलिया काण्ड’ नेपाली युवतीको अश्लील भिडियो’ भन्दै सामाजिक सञ्जालमा पोर्न क्लिप सार्वजनिक गरिएको छ ।
सो क्लिप नेपालीको भने हैन । पोर्नहब नामक अश्लील भिडियो अपलोड गर्ने साइटमा रहेको भिडियोलाई नै नेपालीको भिडियो भन्दै फेसबुकका क्लोज ग्रुपहरुमा फैलाइएको हो । पीडितले उजुरीमार्फत खुलाए अनुसार अश्लील भिडियोमा फेसबुकमा राखिएको आफ्नो भिडियोको सानो क्लिप राखिएको जानकारी दिँदै आफूलाई शंका लागेका व्यक्तिहरुको नाम समेत खुलाएकी छिन् । अनुसन्धानमा संलग्नस्रोतका अनुसार पीडित महिलाले खुलाएको नामका आधारमा प्रहरीले सामाजिक सञ्जालमा सो भिडियो फैलाउन सक्रियको खोजी सुरु गरेको छ ।

बिहिबार, ०९ माघ, २०७६, साँझको ०६:४१ बजे

सम्बन्धित खवर