राष्ट्रपति निर्वाचनः समिकरण फेरिने संकेत

विमल लामिछाने
यतिवेला मुलुक राष्ट्रपति निर्वाचनको सँघारमा छ । मुलुकको राष्ट्रपतिजस्तो गौरवशाली तथा उच्चतम पदका निम्ति सबैतिर बहस हुनु स्वाभाविक विषयसमेत हो । राष्ट्रिय सहमतिमा सबै दल सहमत हुन सकेमा निकै ठूलो उपलब्धि हुनेछ ।
प्रधानमन्त्री प्रचण्डको जोडबल राष्ट्रिय सहमतिमै देखिन्छ । उनले एमाले अध्यक्षभन्दा कांग्रेससँग सत्ता साझेदारी सहज हुने ठानेका छन् । राष्ट्रपतिले निर्वाह गर्ने भूमिकाले कतिपय समस्या समाधान गर्न सहज हुनेछ, त्यो उच्च पदप्रति गौरव गर्न सकिने गरेर राष्ट्रिय सहमति कायम गर्न सकिए यो पदको गरिमामा अझै अभिवृद्धि हुने तथ्यप्रति सबैले मनन गर्नुपर्ने विषय पनि हो ।
यी सबै वस्तुस्थिति विश्लेषण गर्दा मुलुकले वर्तमानमा खोजेको सिद्धान्त तथा तौरतरिका भनेकै राष्ट्रिय सहमति हो । सम्पन्न आमनिर्वाचनले पनि कुनै एक दललाई पूर्ण बहुमत प्रदान नगरेर दलहरूबीच सहमति तथा सहकार्यका निम्ति मार्ग प्रशस्त गरेको तथ्य आम नेपाली समुदायविच मननीय छ ।
प्रधानमन्त्री अहिलेको गठबन्धन जोगाएरै जाने पक्षमा देखिएपनि एमालेले उठाएको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न नसके एमालेले प्रधानमन्त्रीलाई दिएको विवासको मत फिर्ता लिने अवस्था आउने संकेतपनि देखिनछ तर, राष्ट्रपति चुनावसम्म राजनीति कता जान्छ स्थिति क्लियर भने छैन । राष्ट्रपति एमालेलाई दिँदा आफू कमजोर र शक्तिविहीन हुने बुझाइमा पुगेरै प्रचण्डले कांग्रेससँग विश्वासको मत मागेका थिए । यो विश्वासको मतमा एमाले र माओवादीबीच अविश्वास पैदा गराउने लक्ष्य कांग्रेसको थियो । जुन लक्ष्यमा कांग्रेस सफल हुँदै आएको छ । तर एक दिन जस्तो बिराएर ओली र प्रचण्डबीच भेटघाट गाढा भए पनि सम्बन्ध टाढाटाढा हुँदै गएको घटनाक्रमले देखाएका छन् ।
माओवादी केन्द्र वर्तमान सत्ता गठबन्धन जोगाउने सर्तमा आफूले पनि स्वीकार्न सक्ने उम्मेदवार प्रस्ताव होस् भन्ने चाहन्छ । प्रचण्ड र ओलीबीच निरन्तर र लामो संवाद भए पनि दुई नेताबीच राष्ट्रपति निर्वाचनबीच सहमति जुट्न नसकेको अवस्थामा माओवादी केन्द्रले काँग्रेको उम्मेदवारलाई समर्थन गरेर नयाँ समिकरण बनाई प्रचण्डले आफू पाँचवर्ष नै प्रधानमन्त्री रहन खोजेको पनि विश्लेषण भइरहेकै छ । यो आसय बुझेर एमाले बृत्तमा केही खटपट पैदा भएको तत्यपनि बाहिर आइरहेकै छ । एमाले नेताहरु नै भन्छन्– प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेट भइरहेको छ, तर कुरा मिलेको छैन । माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पनि एमालेलाई राष्ट्रपति दिनु हुँदैन भन्ने मत बलियो देखिएको थियो । तर, अध्यक्ष ओली राष्ट्रपति एमालेको हुनेमा पहिले सहमति गर्नुपर्ने अडानमा छन् । राष्ट्रपति कांग्रेसलाई दिने माओवादी र कांग्रेसबीच लगभग सहमति भइसकेको कांग्रेस नेताहरु दाबी गर्छन् । राष्ट्रपति पाउनेमा लगभग कांग्रेस ढुक्क देखिन्छ । राष्ट्रपतिका लागि कांग्रेसले तयारी गरिरहेको देख्दा एमाले सशंकित बनेको छ । त्यही भएर पार्टी अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई विश्वासमा लिनका लागि पटक–पटक बालुवाटार गएर छलफल गरेका छन् । तर प्रधानमन्त्री प्रचण्ड पनि एमालेलाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आफ्नो अडानमा सहमत गराउन चाहन्छन् । तर अध्यक्ष ओली प्रचण्डको राष्ट्रिय सहमति प्रयासको पक्षमा देखिँदैनन् ।

