अमेरिकाको विश्वास गर्न सकिदैन, औषधिको नाममा विष दिन सक्छ – खामेनी

एजेन्सी /  इरानका सर्वोच्च नेता अलि खामेनीले आइतबार आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाइँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताएका छन्। आइतबार इरानमा थप १ सय २९ जनाको मृत्यु भएको छ। इरानमा कोभिड–१९का कारण अहिलेसम्म एक हजार ६ सय ८५ जनाको मृत्यु भएको इरानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय पहिले इरानी नेताले चाहेमा अमेरिकाले कोभिड(१९ विरुद्धको लडाईंमा सहयोग गर्न सक्ने भनाइको जवाफमा सर्वोच्च नेता खामेनीले उक्त प्रतिक्रिया दिएका हुन्।

एक इरानी राष्ट्रिय टेलिभिजनमार्फत जनताको नाममा गरेको सम्वोधनमा धार्मिक नेता खामेनीले अमेरिकी राष्ट्रपतिको गत फेब्रुअरी २९ मा इरानबारे राखेको प्रस्तावलाई इन्कार गर्दै भने, ‘तपाइँलाई कसैले विश्वास गर्दैन। तपाईंले इरानमा सहयोगको नाममा ल्याउने औषधि इरानको नागरिकको पक्षमा हुनेमा हामीलाई विश्वास छैन।’ इरानमा २१ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रममण पुष्टि भएको छ भने विगत २४ घण्टामा थप एक हजार २८ बिरामीमा संक्रमण देखिएको छ ।

copied

सोमबार, १० चैत, २०७६, दिउँसोको ०२:१७ बजे

सम्बन्धित खवर