अतिआवस्यक बाहेकका पसल बन्द गर्न अनुरोध

दमक । कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न उर्लाबारी उद्योग बाणिज्य संघले अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्न आह्वान गरेको छ । संघको आज बसेको कार्यसमिति, बस्तुगत संघ र पूर्व अध्यक्ष सम्मिलित बैठकले आजदेखी आगामी चैत २१ गतेसम्म नगरभित्र रहेका अत्यावश्यक बोहकका सम्पूर्ण पसल व्यवसाय बन्द गरी घरमै सुरक्षित रुपमा बस्न आह्वान गरेको हो ।

सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरी घरमै बस्न आह्वान गरेकाले उर्लाबारीमा रहेका व्यवसायी र उपभोक्ताहरुको सुरक्षाका लागि पसल व्यवसाय बन्द गरेर घरमै बस्न आह्वान गरेको उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले जानकारी दिनुभयो । कोरोना भाईरसबाट बच्न संघले यसअघि माईकिङ र सचेतनामुलक सुचना प्रवाह गरेको थियो ।

सोमबार, १० चैत, २०७६, दिउँसोको ०२:५९ बजे

सम्बन्धित खवर