अत्यावश्यक बाहेकका ब्यावसाय बन्द गरिदिन दमक उद्योग बाणिज्य संघको अनुरोध

दिनेश दङ्गाल

दमक / कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न दमक उद्योग बाणिज्य संघले अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्न आह्वान गरेको छ । संघको आज बसेको कार्यसमिति, बस्तुगत संघ र पूर्व अध्यक्ष सम्मिलित बैठकले आजदेखी आगामी चैत २१ गतेसम्म नगरभित्र रहेका अत्यावश्यक बोहकका सम्पूर्ण पसल व्यवसाय बन्द गरी घरमै सुरक्षित रुपमा बस्न आह्वान गरेको हो । साथै कुनै पनि बस्तुको कालाबजारी ,कृतिम अभाब्, र अत्यावस्यक बस्तुहरुको मुल्यमा वृद्दि नगर्न सबैमा आग्रह गरेको छ । आज दमक उध्योग बाणिज्य सङ्घका अध्य्क्ष गोकुल श्रेस्ठले एक बिज्ञप्ती जारी गर्दै सो आग्रह गरेका हुन ।

सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरी घरमै बस्न आह्वान गरेकाले दमकमा रहेका व्यवसायी र उपभोक्ताहरुको सुरक्षाका लागि पसल व्यवसाय बन्द गरेर घरमै बस्न आह्वान गरेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेस्ठले जानकारी दिए। साथै श्रेस्ठले यो माहामारिले गर्दा ब्यापार ब्यावसाय चौपट भएको बातउदै घरधनि, वैंक तथा वित्तिय संस्थालाई भाडादर र ब्याजदरमा सहुलियत गरिदिन आग्रह गरिएको जानकारी दिए।

सोमबार, १० चैत, २०७६, दिउँसोको ०३:४२ बजे

सम्बन्धित खवर