२१ गते सम्म बराह सपिङ कम्प्लेक्स बन्द हुने

 

दमक /  बराह ग्रुप अन्तर्गतको बराह सपिङ कम्प्लेक्स तथा धरान शाखा अन्तर्गतका सम्पूर्ण व्यवसायीक एकाइहरु बन्द हुने बराह ग्रुपले जनाएको छ । विश्वमै महामारीको रूपमा फैलिएको कोरोना संक्रमणका कारण नेपाल सरकारले अपनाएको रोकथामलाई सहयोग पुर्याउने उद्देश्यले यस्तो निर्णय गरिएको बराहले जनाएको छ । भोली बाट लागु हुने गरी आगामी २१ गते सम्मलाई धरान शाखा अन्तर्गतका उपमहानगर भित्र संचालनमा रहेका सबै व्यापारिक युनिटहरु बन्द गरिने भएको छ । शो कुरा सञ्चालक तथा धरान शाखा प्रमुख मान बहादुर दियालि द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल सरकारले जारी गरेकोे निर्देशन र स्थानीय सरकारले कोरोना संक्रमण नियन्त्रण गर्नका लागी गरेकोे अनुरोलाई ध्यान दिदै आगामी २१ गते सम्मका लागी बराह सपिङ कम्प्लेक्स तथा धरानमा रहेका सबै युनिटहरु बन्द रहने भन्दै यो निर्णय बाट ग्रहक्, सुभचिन्तक तथा सुभेछुकहरुमा पर्न गएको असुबिधा प्रति सहकार्य र सहनुभुतिको अपेक्षा राखिएको दियालीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सोमबार, १० चैत, २०७६, रातीको ०८:२२ बजे

सम्बन्धित खवर