अध्यादेश फिर्तालिने तयारीमा ओली

काठमाडौं,/  प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने तयारी गरेका छन । चौतर्फी बिरोध भएपछि प्रधानमन्त्री ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका हुन । पार्टीभित्र र बाहिरको चर्को विरोध थेग्न नसक्ने अवस्था आएपछि अध्यादेश फिर्ताको तयारी गरिएको उच्च स्रोतले जनाएको छ ।

बिहिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा कार्यकारि अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीवीच अध्यादेशबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक राख्न र विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई भनेका थिए । यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन सुझाव दिएका छन् ।

दुबै नेताको दबाबपछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने वचन दिएको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्रीले कानूनविदहरुसँग परामर्श गर्ने र अध्यादेश फिर्ता लिने बताएको स्रोतको भनाइ छ । संविधानको धारा ११४ ९२० ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।
यसका लागि राष्ट्रपति विद्या देबी भण्डारीले पनि केही कानुन ब्यावसयिहरु सँग गोप्यरुपमा परामर्श लिएको बुझिएको छ ।

बिहिबार, ११ बैशाख, २०७७, दिउँसोको ०१:४१ बजे

सम्बन्धित खवर