दमकका ५१ नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ

    दमक/ दमकका जनप्रतिनिधीले सपथग्रहण गरेका छन् । स्थानीय तहको निर्वाचनबाट विजयी दमकका जनप्रतिनिधिलाई सपथ ग्रहण गराइएको छ । बिहान ११ बजे नगरप्रमुख राम थापाले जिल्ला निर्वाचन कार्यालयमा सपथ ग्रहण गरेपछि नगरका अन्य जनप्रतिनिधिलाई मेयर थापाले सपथ ग्रहण गराएका हुन् ।
सबै भन्दा पहिला प्रमुख थापाले उप प्रमुख रेगिना भट्टराई प्रसाईलाई सपथग्रहण गराए । नेपालको संविधान र कानुनले तोके बमोजिम निस्वार्थ रुपमा नगरबासिको सेवामा समर्पित हुने भन्दै प्रमुख थापाले उप प्रमुख प्रसाईलाई सपथ गराएका थिए ।
उपमेयरको सपथपछि नगरका १० वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई सपथ गराइएको हो ।

सोमबार, ०९ जेठ, २०७९, दिउँसोको ०४:१७ बजे

सम्बन्धित खवर