सर्वोच्च प्रचण्डको इसारामा चल्यो – एमाले

सर्वोच्चको मन्त्री परिषद सम्बन्धी निर्णय पश्चात एमाले बृत्तमा खैला बैला मच्चिएको छ । एमालेले आफू अनुकुल फैसला नभएपछि प्रचण्डमाथि आक्रोस पोखेका छन् । एमालेका केही नेताहरुले सर्वोच्च अदालत प्रचण्डको इसारामा चलेको आरोप समेत लगाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको भाषण र सर्वोच्चको आजको फेसला हुबहु भएको समेत बताएका छन् । त्यस्तै माधव नेपाल र भीम रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु भएको जनाउँदै यो के भएको भनी प्रश्न गरेका छन् । एमालेका केही नेताहरुले सर्वोच्च अदालत प्रचण्डको इसारामा चलेको आरोप समेत लगाएका छन् ।
प्रधानमन्त्री ओलीले २१ र २७ जेठमा थपेका राजेन्द्र महतोसहित २० मन्त्रीलाई मंगलबार सर्वोच्च अदालतले पदमुक्त गरिदिएको छ ।

अदालतले ‘२०७८ साल जेठ २१ र २७ मा प्रधानमन्त्रीको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री एवं मन्त्रीहरूको सपथ र कार्यविभाजन संविधान अनुकूल भएको नभई संविधानको मूल मर्म भावनाविपरीत भएकोले निवेदनको अन्तिम किनारा नलागेसम्मका लागि मन्त्रिपरिषद विस्तारको निणर्य कार्यान्वयन नगर्न’ आदेश दिएको छ ।

सर्वोच्चको आदेशसँगै २५ सदस्यीय मन्त्रिपरिषद् पाँच सदस्यमा खुम्चिएको छ । प्रधानमन्त्री ओलीको क्याबिनेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ र कानुनमन्त्री लीलानाथ श्रेष्ठ मात्र रहन पुगेका छन् । अदालतको आदेशपछि राजनीतिक दलका नेताहरुले फरक फरक प्रतिक्रिया दिएका छन् ।

 

 

 

बुधबार, ०९ असार, २०७८, बिहानको ०८:१० बजे

सम्बन्धित खवर