आजदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप

काठमाडौं / आजदेखि २७ जिल्लाका ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने जनाएको छ। २७ जिल्लाका बालबालिकालाई १५ असारसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने मन्त्रालयले जनाएको छ।

बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइने कार्यतालिका छ।

खोप लगाउने जिल्लामा झापा, मोरङ, सुनसरी, इलाम, सप्तरी, धनुषा, पर्षा, सिराहा, महोत्तरी, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपनदेही, बाँके, दाङ र बर्दिया रहेका छन् ।

यो उमेर समूहका बालबालिकालाई दिन लागिएको फाइजर बायोएनटेक खोप ९९ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ।

सरकारले प्रत्येक खोप केन्द्रमा एक तालिमप्राप्त स्वास्थ्यकर्मी राख्ने र खोप लगाएका बालबालिकामा केही असर देखिए केन्द्रमा नै उपचारको व्यवस्था गर्ने जनाएको छ।

बिहिबार, ०९ असार, २०७९, बिहानको ०७:१८ बजे

सम्बन्धित खवर