एक्लिदै ओली ः नेम्वाङ र ज्ञवाली पनि टाढिदै

आइतबार असार ८, २०७६

काठमाडौं । दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा आसिन हुँदा नेकपा अध्यक्ष केपी शर्मा ओली इतिहासकै शक्तिशाली जननिर्वाचित शासक थिए । तर डेढ बर्ष नपुग्दै उनको लोकप्रियता मात्र घटेको छैन, एक्लिै पनि पनि गएका छन् । प्रधानमन्त्री र शक्तिशाली पार्टीको अध्यक्ष बनाउन निकै ठुलो मेहेनत गरेका नेताहरु अहिले ओलीबाट टाढिँन थालेका छन् ।

ओलीलाई तत्कालिन एमालेको अध्यक्ष बनाउन बामदेव गौतम, इश्वर पोखरेल, सुवास नेम्वाङ , प्रदीप ज्ञवाली, शंकर पोखरेलले निकै ठुलो मेहेनत गरेका थिए । ओली दुई तिहाईको शक्तिशाली प्रधानमन्त्री बनेपछि प्रियजनहरु नै आजित बनेका छन् । ओलीको दुई तिहाई प्रधानमन्त्री पद प्रियजन र नेकपालाई नै खतरा बनेको छ ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै स्वच्छाचारी निर्णय गर्न थालेपछि प्रियजनहरु आजित भएका छन् । पहिले पहिले ओलीको बचाउ गर्दै हिडेका नेताहरु अहिले आलोचना गर्न थालेका छन् । उपप्रधानमन्त्री पोखरेल, परराष्टमन्त्री प्रदीप ज्ञवाली र मुख्यमन्त्री शंकर पोखरेल पछिल्लो समय प्रधानमन्त्री ओलीसँग टाढिदै जान थालेका छन् । उनीहरुसँग कुनै पनि छलफल नगरी प्रधानमन्त्रीले स्वच्छाचारी निर्णय गर्न थालेका छन् ।

ओलीलाई शक्तिशाली बनाउन निर्णायक भूमिका खेलका बामदेव गौतम र मुकुन्द न्यौपानेले त ओली क्याम्प नै छोडिसकेका छन् । अन्य सहयोगीहरु टाढिदै गएका छन् । राजदूत नियुक्ति गर्दा आफुलाई थाहा नै नदिएको भन्दै परराष्टमन्त्री प्रदीप ज्ञवाली असन्तुष्ट बनेका छन् ।

नेम्वाड, पोखरेल र ज्ञवालीले मिडिया विधेयक, गुठी विधेयक, ल्याउँदा सहयोगीसँग नै सल्लाह नगरेको उनीहरुले बताउन थालेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग सरकार सञ्चालनका बिषयमा उनी छलफल नै गर्दैनन् । आफुसँग छलफल गर्न छाडेपछि दाहालले पनि आफ्नो भूमिका पार्टीभित्र र सरकारमा खोज्न थालेका छन् ।

प्रधानमन्त्री ओली सानो कोठरीबाट चल्ने पुरानै शैली हो । राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट सल्लाहकार राजन भट्टराईसँग मात्र उनी गोप्य छलफल गर्ने गरेका छन् । यी दुईको योजनामा प्रधानमन्त्री ओली चल्ने गरेका छन् ।

यी दुई सहयोगीको सल्लाह लिएपछि उनले विभागीय मन्त्रीको पनि सल्लाह लिदैनन् । आफ्नै मन्त्रालयको निर्णय मन्त्री र सचिवले पनि मिडियामा आएपछी मात्र थाहापाउछन । ओलीको कार्यशैलीले आजित बनेका उनी निकटका नेताहरु टाढिँदै जान थालेका छन् ।
, राजनीतिक विश्लेशक कृष्ण पोखरेलले भने शासकले कहिलेकाँही आलोचनात्मक सुझाव पनि सुन्नु पर्दछ तर ओलीको स्वभाव आलोचना सहनै नसक्ने रहेछ ओली आफ्नै कार्यशैलीका कारण स्खलित हुँदै गएका छन्

आइतबार, ०८ असार, २०७६, साँझको ०७:०५ बजे

सम्बन्धित खवर