झापा / जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार सम्पन्न डीसीसीएमसीको बैठकले साउन १४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा भएको बैठकले ८ गतेदेखि १४ गतेसम्मलाई निषेधाज्ञा जारी गर्दै थप खुकुलो बनाइएको छ । बैठकले लामो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै पसल बजार बेलुका ५ बजेसम्म सञ्चालन हुँदै आएकोमा अब साँझ ७ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरिएको जनाइएको छ । अन्य निर्णय यथावत राखिएको छ ।

Facebook Comments Box