नविन टोलमा जनप्रतिनिधिलाई सम्मान

  दमक, ७ साउन / दमक ५ स्थित नविन टोल विकास संस्थाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । संस्थाको १५ औं साधारण सभाको अवसर पारेर जनप्रतिनिधिलाई शनिवार सम्मान गरिएको हो । सम्मान समारोहपछि साधारणसभाका प्रमुख अतिथि तथा वडा नं ५ का वडाअध्यक्ष इन्द्र गुरुङले समाजमा हुने विभिन्न खाले सेवामुलक काममा लागेर वडा र नगरको विकासमा सहयोग पुर्याउनु नै टोल विकास संस्थाहरुको कर्तब्य हुने बताए ।
कार्यक्रममा सामाजिक सेवाको उदेश्य राखेर खोलिएको यस टोल विकास संस्थाले टोलभित्रका असहाय र गम्भिर प्रकृतिका विरामी परेकालाई सहयोग, सडकका विजुली पोलहरुमा विग्रेका बत्ती मर्मत, टोलभित्रको बाटाहरु स्तरउन्नती लगायतका विषयमा पहल गर्दै आएको संस्थाका अध्यक्ष गंगाराम भट्टराईले जानकारी दिए ।
संस्थाका कोषाध्यक्ष सीतादेवी दाहाल लुईटेलद्वारा प्रश्तुत आर्थिक प्रतिबेदन अनुसार संस्थाले राष्ट्रिय वाणिज्य बैकमा मौजदात ८ हजार ६ सय ३९ रुपैंयाँ, डाँफे सहकारीमा ५३ हजार ८ सय ५४ रुपैयाँ, सदस्यलाई लगानी २ लाख २६ हजार रुपैयाँ रहेको जनाएको छ भने विविध खर्च बाहेक २ लाख ९४ हजार ५ सय २३ रुपैंयाँ रनिङ रहेको जनाइएको छ ।
संस्थाले साधारण सभाको अवसरमा ४ जना सदस्यलाई उपश्थिति र आचरणका आधारमा सम्मान समेत गरेको छ । बैठकमा १२ पटकसम्म नियमित उपश्थित हुने २ जना सदस्यहरु देवीप्रसाद कट्टेल र पदमप्रसाद पोखरेल सम्मानित भएका छन् भने यसैगरि १० पटकसम्मको बैठकमा उपश्थित हुने २ जना पार्वता ढकाल र बौदबहादुर सुवेदीलाई सम्मान गरिएको संस्थाका सचिव चन्द्र पौडेलले जानकारी दिए । कार्यक्रममा संस्थाका सेयर सदस्यहरुको उल्लेख्य उपश्थिति रहेको थियो ।

शनिबार, ०७ साउन, २०७९, बिहानको १०:१६ बजे

सम्बन्धित खवर