निर्वाचनपछि माओवादी केन्द्रसँग पार्टी एकता हुन्छ : झलनाथ खनाल

   विराटनगर/ नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुने बताएका छन् । सोमबार तानसेनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता खानालले यस्तो बताएका हुन्।

तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र आगामी मंसिरमा हुने निर्वाचन लगत्तै पार्टी एकता हुने समेत उनले बताए।

नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम छ। ‘पार्टी एकता नै गरेर अगाडि बढ्ने छलफल चलिरहेको छ। निर्वाचन अगाडि नै पार्टी एकता गर्न हतार हुन्छ’, उनले भने, ‘दुई पार्टीबीचका बाँकी कुरामा सहमति गरेपछि औपचारिक रुपमा पार्टी एकताको घोषणा हुनेछ।’

नेकपा एमालेसँग भने तत्काल एकता हुने सम्भावना नभएको तर नेपालका कम्युनिष्ट पार्टीहरूबीच एकता गरेर अगाडि बढ्नुको विकल्प नरहेको उनको ठम्याइ छ।  ५ दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने नेता खनालले बताए।

मङ्गलबार, ०७ भदौ, २०७९, बिहानको ०७:२५ बजे

सम्बन्धित खवर