२४ घण्टामा थपिए ५ लाख कोरोना संक्रमित, मृतकको संख्या ९ हजार

७ आश्विन, काठमाडौँ/  पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख १४ हजार ६८५ जना कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा गरिएकाे परीक्षणमा १ लाख २४ हजार ९७४ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा ३१ हजार ९५७, ब्राजिलमा ३६ हजार ४७३, बेलायतमा ३४ हजार ४६० जनामा संक्रमण पुष्टि हुँदा रुसमा १९ हजार ७०६ जना संक्रमितको पहिचान भएको हो ।

यही अवधिमा ९ हजार १०७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने पनि अमेरिककै धेरै छन्, जहाँ २ हजार १३२ जना संक्रमितको मृत्यु हुँदा भारतमा २७९, ब्राजिलमा ८३९, बेलायतमा १६६ र रुसमा ८१७ जनाको मृत्यु भएको छ ।

ओल्डोमिटरकाअनुसार हालसम्म कोरोनाकै कारण मृत्यु भएको संख्या ४७ लाख ३१ हजार ५२६ पुगेको छ । कुल संक्रमितको संख्या २३ करोड ८ लाख २८ हजार ३५ पुग्दा २० करोड ७५ लाख, १८ हजार वढी निको भइसकेका छन् ।

बिहिबार, ०७ असोज, २०७८, बिहानको ०८:०२ बजे

सम्बन्धित खवर