दमकका खोला सौन्दर्यकरण गर्ने

  दमक/ दमक आसपासका खोलाहरुलाई ब्यवस्थित गरेर पर्यटकीय स्थलको रुपमा विकास गर्न दमक नगरपलिकाले योजना अघि बढाउन भूमिका निर्वाह गर्ने भएको छ ।
खोला ब्यवस्थापन तथा सौन्दर्यकरण अभियान दमकको बृहत भेलालाई सम्बोधन गर्दै नगरप्रमुख रामकुमार थापाले खोला ब्यवस्थापन तथा सौन्दर्यकरण गर्न नगरपालिकाले नेतृन्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन्् । कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले मरुभूमिका देशहरुमा पनि सही योजना र विविधताभित्रको एकत्वले विकास निर्माणमा फड्को मारेको भन्दै दमकको विकासमा सबैको साथ र सहयोग आवश्यक रहेको बताएकी छन् ।
भेलामा यस अघिको समितिले शुरुवात गरेको अभियानबारे जानकारी गराउँदै खोला ब्यवस्थापन तथा सौन्दर्यकरण अभियानका अभियन्ता रेवतराज पुरीले पाइलट प्रोजेक्टको रुपमा यो अभियानलाई नगरपालिकाले अघि बढाएको खण्डमा दमकलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने विचार ब्यक्त गरे ।
भेलामा प्राविधिक उमेश धिमालले खोला सौन्दर्यकरण गर्न आवश्यक अनुमानित बजेट र डीपीआर तयार गर्न आवश्यक इक्युमेन्ट र संरचनाको मार्गचित्रबारे स्पष्ट पारेका थिए भने वडाअध्यक्षहरुको तर्फबाट दमक वडा नं नौका अध्यक्ष कुवेर भट्टराईले योजना दमकको हितमा भएकाले आफ्नो साथ र सहयोग रहने बताए । उनले नगरको तर्फबाट योजना अघि बढाउन पहल थाल्न नगर प्रमु्खको ध्यानाकर्षण पनि गराएका छन् ।

विभिन्न समिति गठन
दमक आसपासका खोला ब्यवस्थापन तथा सौन्दर्यकरण अभियान दमकको बृहत भेलाले २९ सदस्य ब्यवस्थापन मुल समिति र विभिन्न उपसमितिसमेत गठन गरेको छ । गठित मुल समितिको अध्यक्षमा रवि बस्नेत रहेका छन् भने उपाध्यक्ष चन्दा खड्का, भरत चौंलागाईं र युवराज धिमाल रहेका छन् । सचिव नेत्र चौंलागाईं, सहसचिव विष्णु पोखरेल र रमा लिम्बू, कोषाध्यक्ष विन्दु सिटौला, सहकोषाध्यक्ष चेतना निरौला रहेका छन् ।
यसैगरी सदस्यहरुमा गणेश गौतम, रोसन भण्डारी, विष्णु पराजुली, भेषराज भट्टराई, चन्द्र खत्री, श्रृजन दाहाल, डम्बर बोहोरा, श्याम कुमाल, नविन योगी, याम नोरेङ्गे, सुनु धिमाल, कमल कटुवाल, प्रकाश लिम्बू, छविलाल लिम्बू, डिकबहादुर कार्की, नारायण दाहाल, राजु खड्का, मिरा संग्रौला र ज्ञानकुमारी बुढाथोकी रहेका छन् ।
यसैगरी सल्लाहकार समितिमा लोकबहादुर धिमाल, सोमराज तामाङ र बेदु गौतम रहेका छन् भने संरक्षक समितिमा नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं, र अभियन्ता रेवतराज पुरी रहेका छन् ।
शुक्रवार दमक उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमको सञ्चालन बेदु गौतमले गरेका थिए भने सन्तोष गौतमले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम खोला ब्यवस्थापन तथा सौन्दर्यकरण अभियानका अभियन्ता रेवतराज पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शुक्रबार, ०७ असोज, २०७९, दिउँसोको १२:४७ बजे

सम्बन्धित खवर