विर्ताज्योतिमा ६० जनाको सल्यक्रिया

दमक/  दमक स्थित बेलडाँगी रोडमा रहेको विर्ताज्योति आँखा अस्पताल दमकले ६० जना मोतियाविन्दु भएका विरामीको सल्यक्रिया गरेको छ ।
झापाको बाह्रदशी चकचकीमा विहिवार सञ्चालन गरेको आँखा शिविरमा मोतियाविन्दु भएका विरामी भेटिएपछि दमक स्थित आँखा अस्पतालमा बोलाएर सल्यक्रिया गरिएको अस्पतालका सञ्चालक मोती बरालले जानकारी दिए ।
उनका अनुसार झापाको बाह्रदशी चकचकी, गौरीगञ्ज र गौरादहका आँखा विरामीमा मोतियाविन्दुको समस्या भएको पाइएको हो ।
३ सय जना विरामीको आँखा चेकजाँच गर्दा ६० जनामा मोतियाविन्दुको समस्या भएको पाइएको उनले बताए ।

टर्कीको सदाकतासी नामक संस्थाले लगानी र हेल्पिङ हेड्स वर्क फर नेपालको सहकार्यमा विहिवार बाह्रदशी जेसिज, बाह्रदशी मेडिकल सेन्टर र विर्ताज्योती आँखा अस्पतालले संयुक्त शिविरको आयोजना गरेका थिए ।

शनिबार, ०६ कार्तिक, २०७८, बिहानको ०७:३४ बजे

सम्बन्धित खवर