छोरीद्वारा बाबुको काजकिरिया

झापा । हल्दिवारी गाउँपालिकास्थित बाहुनढोकामा बाबुको काजकिरिया छोरीहरुले  गरेका छ्न । बाबुआमाको मृत्युपछि छोराहरूले मात्र काजकिरिया गर्ने चलन भएपनि हल्दिवारी गाउँपालिका ५ बस्ने ४९ बर्षिय कृष्ण  प्रसाद सुहाङ्गको फुलपातिको दिन असामान्य निधन भएपछि मृतक सुहाङ्गका तिन छोरिहरु र श्रीमतीले लिम्बु परमपरा अनुसार काम गरेको स्थानीय लिम्बु फेदाङ्ग्वा भिम माबो बताउँछन् ।
स्वर्गीय पिताको काजकिरिया छोरीहरु सलिना ,सृष्टि ,नुमाले गरिरहेका छ्न् भने कान्छी छोरी लक्ष्मी  ३ बर्ष मात्र भएको हुनाले दिदिहरु र आमा सगै रहेकी छ्न ।
मृतक सुहाङ्गकि धर्मपत्नी कृस्णमाया सुहाङ्गको सल्लाह अनुसार नावालक तिन छोरीले बाबुको काजकिरिया गरेर  आमाबुबा को काजकिरिया छोराहरुले मात्र गर्नु पर्छ भन्ने अन्धविश्वास लाई तोडदै एउटा उदाहरणिय काम गरेका छ्न ।
मृतक सुहाङ्गको फुलपातीको दिन निधन भएपनी उनकी धर्मपत्नी युरोप रहेकोले २३ गते कन्काई माईमा अन्त्यष्टि गरि निजको नीजि निवास हल्दिवारीमा हाल काजकिरिया गरिरहेको पारिवारिक सा्रेतले जानकारी दिएको छ ।

बुधबार, ०६ कार्तिक, २०७६, दिउँसोको १२:५५ बजे

सम्बन्धित खवर