फाल्गुनन्द गाउँपालिकाको कोभिड अस्पताल संचालनमा

पाँचथर/ पाँचथरको फाल्गुनन्द गाँउ पालिकामा कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको छ ।

देशभरका सबै स्थानीय तहमा ५ शैयाका कोभिड अस्पताल सञ्चालनमा ल्याउने संघीय सरकारको योजना अनुरुप यहाँ कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको हो ।फाल्गुनन्द गाँउ पालिका स्थित राँके बजारमा सञ्चालनमा ल्याइएको अस्पतालको आज एक समारोहविच गाँउ पालिका अध्यक्ष बिरबहादुर कुरुम्वाङले उद्घाटन गर्नुभयो ।

उद्घाटन भएसँगै अव कोभिड १९ को लक्षण देखिएका बिरामीलाई सोहि अस्पतालमा राखि उपचार गरिने बताइएको छ । संघीय सरकारले केहि महिना अगाडी अस्पताल सञ्चालनका लागी प्रारम्भिक चरणको तीन महिनाको खर्च स्वरुप १० लाख रुपैंया उपलव्ध गराएको थियो ।

सो सँगै गाँउ पालिकाको आन्तरिक स्रोतबाट अस्पताल सञ्चालन शुरु भएको बताइएको छ ।
स्थानीय स्तरमा सञ्चालनमा आएको अस्पतालबाट कोरोनाको लक्षण देखिएका बिरामीले उपचार सेवा प्रभावकारी ढंगबाट पाउने गाँउ पालिका अध्यक्ष कुरुम्वाङको भनाई थियो

सोमबार, ०८ मंसिर, २०७७, साँझको ०६:१९ बजे

सम्बन्धित खवर