नगरको निर्दैशन नै मान्दैनन् विद्यालय

 

दमक/ दमक नगरपालिकाले अत्यधिक चिसो बढेको कारण पौष ७ गतेदेखि ३ दिनकालागि विद्यालय बन्द रहने सूचना सार्वजनिक गरेपनि नगरका ८० प्रतिशत विद्यालयले नगरको निर्दैशन नै मानेनन् । केही विद्यालय बन्द भएपनि अधिकांश निजी तथा सामुदायिक विद्यालय सञ्चालन भएको पाइएको छ ।

दमक नगरपालिका शिक्षा शाखाले अत्यधिक चिसोका कारण तीनदिन नगरमातहातका सम्पूर्ण विद्यालय बन्द गर्न ६ गते नै विज्ञाप्ती सार्वजनिक गरिसकेको थियो ।
मौसम पूर्वानुमान महाशाखाले भने यस अघि नै एक हप्ता पूर्वी पहाडी जिल्लामा हिमपात तथा तराइका जिल्लाहरुमा अत्यधिक चिसो र शितलहर हुने भएको भन्दै सजक रहन निर्दैशन समेत गरिसकेको थियो । यता प्रदेश प्रहरी कार्यालय विराटनगरले ३ दिन अघि नै प्रदेशका नगर र स्थानीय तहहरुलाई सार्वजनीक सूचना मार्फत चिसोबाट जोगिन र सजकता अपनाउन अनुरोध समेत गरिसकेको छ । प्रदेश प्रहरीले तराइका जिल्लाका सार्वजनिक ठाउँहरुमा आगो बालेर चिसोबाट बच्न समेत अनुरोध गरिसकेको छ । यता झापाका धेरैजसो विद्यालयहरुले भने यी सार्वजनिक सूचनाहरुलाई बेवास्ता गर्दै चिसो मौसममा पनि बालबालिकोको स्वास्थ्यलाई ख्याल नगरी विद्यालय सञ्चालन गरिरहेको छन् ।

सोमबार, ०७ पुष, २०७६, बिहानको १०:५६ बजे

सम्बन्धित खवर