विद्यालयको स्तरोन्नती गर्न महायज्ञ

इलाम / इलामको फाकफोकथुम गाउँपालिका ३ आमचोकस्थित श्री सिंहदेवी माध्यामिक विद्यालयले आगामी माघ २१ गतेदेखि २९ गतेसम्म श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ लगाउने भएको छ । विद्यालयको स्तरउन्नती र प्राविधिक शिक्षा सञ्चालन गर्न सहयोग पुग्ने उद्देश्यकासाथ सप्ताह ज्ञान महायज्ञ लगाउने तयारी गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण घतानीले जानकारी दिनुभयो । पण्डित श्री बेदप्रसाद शास्त्रीले कथा बाचन गर्नुहुने महायज्ञको उद्घाटनको दिन विहान सात वजेदेखि नौ वजेसम्म विभिन्न जातीय संस्कृति झल्किने झाँकी सहित स्थानीय बजार परिक्रमा गरिने र २८ गते साँझ लक्ष्यदीप प्रज्वलन गरिने कार्यक्रम रहेको उहाँले बताउनु भयो । महायज्ञमा भूमि , द्रब्य, चामल लगायत विभिन्न सामग्री दान गर्ने दाताहरुलाई सम्मान गरिने विद्यालयका प्रधानाध्यापक मोती पोखरेलले जानकारी दिनुभयो ।

सोमबार, ०७ पुष, २०७६, बिहानको ११:०१ बजे

सम्बन्धित खवर