॥ भ्रस्टाचारी ॥

खगेन्द्र नेउपाने

जग्गा जमिन धरो थेन खुर्सानीको बारी
अहिले भने डल्लु, कपन, नैकाप सल्लाघारी
महिनैपिच्छे बिदेश भ्रमण चिल्लो छ सवारी
मेरो पनि नमस्कार है, मिस्टर भ्रस्टचारी ।

हिजोसम्म नामर्द छ भन्थे च्वाई छुसी
घुस खान थालेपछी ससुराली खुसी
तिम्रै नै छ मालामाली वारिदेखी पारी
मेरो पनि नमस्कार है, मिस्टर भ्रस्टाचारी ।

मधेस पहाड छुट्यउनेको साथ पनि तिमी
रास्ट्रवादी भन्नेहरूको हात पनि तिमी
तिम्रो सङ्गत सबै पार्टिसग हाराहारी
मेरो पनि नमस्कार है, मिस्टर भ्रस्टाचारी

घाम छन्जेल सबै जना तिम्रै बिरोध गर्छन
साँझ फेरी शिखर साँझमा तिम्रै सामु पर्छन् ।
दरबार जस्तै घर जख्यो बैक बचत भारी
मेरो पनि नमस्कार है, मिस्टर भस्टाचारी

तिम्रै प्यारा ब्यापारि छन् ठेकेदार नेता
कालो कर्तुत गरे पनि पुँजी बन्छन् सेता
माल अड्डा भन्सार अड्डा सँधै हाराहारी
मेरो पनि नमस्कार है , मिस्टर भ्रस्टचार

सोमबार, ०७ पुष, २०७६, दिउँसोको ०२:३५ बजे

सम्बन्धित खवर