ओली समूहको  स्थायी समिति बैठक जारी, बादल र मणी थापाले भने– हामीलाई नियोजित फसाउनु भयो 

काठमाडौं ,फागुन १२ / सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको फैसला बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्माको सरकारी निवास बालुवाटारमा उनी पक्षीय नेकपाको स्थायी समिति बैठक बसिरहेको छ । बैठकबाट सर्वोच्चको फैसलापछि कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय गरिने बताइएको छ ।

बैठकमा ओली पक्षीय नेताहरु विष्णु पौडेल, राम बहादुर थापा बादल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, टोप बहादुर रायमाझी, मणि थाप, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल लगायतको सहभागिता रहेको बताइएको छ ।

बैठकको शुरुवातमा नै रामबहादुर थापा र मणी थापाले बोलेको पार्टी श्रोतले जनाएको छ । बैठकमा बादल र मणी थापाले भने– हामीलाई नियोजित फसाउनु भयो । २ सय प्रतिशत हाम्रो पक्षमा फैसला हुन्छ, ढुक्क हुनुहोस् भन्नु भा थियो खोई ?

ओलीले सर्वोच्चको फैसला स्वीकार्ने बताएका छन् तर तत्काल राजीनामा भने नदिने सल्लाहकारमार्फत सन्देश दिएका छन् ।

बुधबार, १२ फागुन, २०७७, दिउँसोको ०१:२१ बजे

सम्बन्धित खवर