काठमाडौँ/ अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गराएकी गायिका समीक्षा अधिकारीको मेडिकल चेकअप भएको छ । अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गराएकी हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा शाहविरुद्ध जाहेरी दिएकी अधिकारीले त्यहाँस्थित प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । सोही सुझावअनुरूप अधिकारीले आज तनहुँ प्रहरीमा उजुरी दिएकी छन् ।

एउटा म्युजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

Facebook Comments Box