विराटनगरको फोहर व्यवस्थापनको लागी १५ अर्व रूपैयाँ मेयर पराजुलीले भित्राउने

विराटनगर १२ फागुन /  स्थानीय निकायका जनप्रतिनिधिहरू लाई यतीवेला फोहर मैलाको दिगो व्यवस्थापन गर्न टाउको दुखाईको बिषय बनेको छ । वातावरण मैत्री शहर बनाउने कल्पना सवै जनप्रतिनिधिका छ तर स्रोत र साधनको अभाव छ । यही अभावले फोहर मैलाको समस्या शहरी क्षेत्रमा विकराल बन्दै गएको छ । प्रदेश न १ मै उत्पादन हुने“ फोहरलाई मोहर” बनाउने अभियानमा जुटेका विराटनगरका मेयर भीम पराजुली सहितको ५ सदस्यीय टोली चीनको अहु शहरका मेयर हाङ हवीनको नियमन्त्रणमा त्यहाँ पुगेको थियो । शहरी क्षेत्रको फोहर मैलाको दिगो व्यवस्थानको जानकारी लिन पुगेको टोलीले चाईना कोन्जा भेनचर वलीङ लिमिटेडका प्रवन्ध निर्देशक मिस्टर जी. किविनसँग भेटघाट गरेको हो । चीनको सवैभन्दा ठूलो यस कम्पनीले फोहरबाट विजुली उत्पादन गर्दै मासिक अर्बौ रूपैया आम्दानी गरिरहेको छ । भेटघाटका क्रममा मेयर पराजुलीले विराटनगर महानगर र आसपासका स्थानीय निकायकोे फोहरलाई केन्द्रित गरि ड्रिम प्रोजेक्ट संचालनको लागी मौखिक प्रस्ताव गरेको बताए ।
यो प्रोजेक्ट संचालन गर्न चाईना कम्पनी इच्छुक देखिएको छ पराजुलीले भने , “ सम्भवत केही दिनमै भीजिविलिटी अध्ययन गर्न टोली आइपुग्ने छ । ” प्रोजेक्ट सफल बनाउन संघीय , प्रदेश र स्थानीय सरकार सकारात्मक हुनुपर्ने उनको माग छ ।
डेढ बर्ष भित्रमा संचालनमा ल्याईसक्ने र प्रोजेक्टमा १० देखी १५ अर्व रूपैयाको लगानी रहने छ । सम्पूर्ण लगानी कम्पनीले व्यहोरर्ने र ३० बर्ष भित्र चाईना कम्पनीले लिजमा लिने प्रस्ताव गरेको छ । पराजुलीले भने , “ यो ड्रिम पोजेक्ट प्रदेश न १ कै लागी ठूलो उपलब्धि हुने भएकोले यसमा सवैको सहयोग अपरिहार्य छ ।
दैनिक ५ सय मेट्रिक टन फोहरको माग हुने भएकोले यसका लागी छिमेकी नगरपालिका र गाउँपालिकासँग साझेदारी गरेर फोहर संकलन गर्ने योजना रहेको उनले बताए । विराटनगर नगरक्षेत्रमा मात्र दैनिक १ सय देखी १ सय २० मेट्रिक टन फोहर उत्पादन हुने गरेको र अपुग फोहर १ सय किलो मिटर टाढाको शहरबाट समेत संकलन गर्न सकिने उनको कथन थियो ।
विराटनगरका उपमेयर इन्दिरा कार्कीले फोहर मैलाको ड्रिम प्रोजेक्ट कार्यान्व्यनमा ल्याउन सके स्थानीय निकायको सबैभन्दा ठूलो उपलब्धि हुने बताईन । महानगरले यसको संयोजन गरेर अन्य स्थानीय निकायलाई समेत साझेदार बनाउने योजना छ उनले सुनाईन ।

चीनको उहुँ शहरसँग भागिनी समबन्ध

चीनको उहुँ शहरसँग भागिनी समबन्ध स्थापित गर्न महानगरले प्रस्ताव गरेको छ । उहँ नगरका मेयर हि माउती सियोले मेयर पराजुलीको प्रस्ताव सहजै स्विकार गरेका छन । सम्भवत टोली चाडै विराटनगर आउने र भागिनी समबन्ध स्थापित हुने उनले बताए ।
यस पटकको चीन भ्रमण अत्यन्तै फलदायी भएको पराजुलीले बताए । धेरै योजना लिएर फर्किएका छौ , यो हाम्रो प्रदेशकै लागी फ्रटफुल भा छ उनले भने । टोलीमा उपमेयर इन्दिरा कार्की , वडा न ३ का वडाअध्यक्ष विनोद बस्नेत , प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया र वातावरण इन्जिनियर घनश्याम काफ्ले सहभागि थिए ।

आइतबार, १२ फागुन, २०७५, बिहानको ११:११ बजे

सम्बन्धित खवर