भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन

 

विराटनगर, १२ फागुन /  भाषाशास्त्री तथा साहित्यकार बालकृष्ण पोखरेलको निधन भएको छ। गत माघदेखि मस्तिष्काघातबाट पीडित बनेका पोखरेलको आईतबार बिहान साढे एक बजे निधन भएको पारिवारिक श्रोतले बताएको छ । विराटनगरस्थित आफ्नै निवासमा रहेका पोखरेलको स्वास्थ्यमा अचानक समस्या आएपछी राती नोबेल मेडिकल कलेज लैजाने क्रममा निधन भएको हो। अस्पताल पुर्‍याएर इसिजी गरेपछी डाक्टरले पोखरेलको निधन भएको जानकारी गराएको थियो । पोखरेलका एक छोरा–बुहारी र दुई छोरी छन्। उनको दाहसंस्कार विराटनगरस्थित परोपकार घाटमा गरिने भएको छ ।

आइतबार, १२ फागुन, २०७५, बिहानको ११:१६ बजे

सम्बन्धित खवर