ओलिको गृहनगरमा राप्रपा र सत्तागठबन्धन मिलेर जाने , राम थापालाई मेयर , उपमेयरमा गगनपुरी ,

बैकल्पिक खवर

झापाको दमकमा सत्ता गठबन्धन र राप्रपा बिच चुनावी तालमेल गरेर जाने सहमति भएको छ । लामो रस्साकस्सि पछि गठबन्धनमा रहेका दलहरु र राप्रपाबिच आन्तरिक सहमति भएको बुझिएको छ । तर सहमतिलाई दलहरुले अहिलेसम्म सार्वजनिक भने गरेका छैनन ।

दलहरुबिच भएको छलफलमा राप्रपालाई मेयर सहित २ वटा वडा , माओवादीलाई उपमेयर सहित २ वडा र कांग्रेसलाइ ६ वटा वडा तथा जसपा , नेकपा एस लगायतका दलहरुलाई केही वडाहरुमा सदस्य तथा कार्यपालिकामा मनोनयन गरेर संगै लैजाने सहमति तीन दलबीचमा  जुटेको बताइएको छ । श्रोतका अनुसार कांग्रेस , माओवादी र राप्रपाबिच आजराती यस्तो सहमति भएको हो ।

नेपाली कांग्रेसका जिल्ला सचीव कृष्ण हुमागाइले , प्रतिगमन लाई परास्त गर्नका लागी एमाले अध्यक्ष केपि ओलिको गृहनगरमा दमकमा राप्रपा सहितको गठबंधन बन्न लागेको बताए । हुमागाइले भने, प्रतिगमनलाई परास्त गर्नका लागि दमकमा साथीहरूले छलफल गरिरहनु भएको छ ।

आइतबार, ११ बैशाख, २०७९, बिहानको ०८:५३ बजे

सम्बन्धित खवर