निको हुने १० संक्रमित ४८

दमक /  भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए । २६ वर्षिय ति पुरुषको
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुर्इ दिन अघिमात्रै धनुषा र उदयपुरमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । सोसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । यस्तै उपचारपछि घर फर्कनेको संख्या पनि निरन्तर बढीरहेको छ ।हिजो सम्ममा संक्रमितमध्ये १० जना निको भएर घर फर्किसकेका छन भने अन्य बिरामीहरुको पनि अवस्था समान्य हुँदै गैरहेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

शुक्रबार, १२ बैशाख, २०७७, बिहानको ०७:१४ बजे

सम्बन्धित खवर