भुल्के संक्रमणको कारण युपी बाट आएका युवा : सामाजिक विकास मन्त्री घिमिरे

 

दमक / त्रियुगा नगरपालिका–३ को भुल्केमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएपछि बिहीबार पहिलो पटक प्रदेश सरकार ‘हटस्पट’ मा पुगेको छ ।

भुल्के पुगेर कोरोना संक्रमण नियन्त्रणका प्रयास, स्थानीय समस्याबारे सरोकारवालासँग छलफल गरेका सामाजिक विकासमन्त्री घिमिरेले युपीबाट आएका युवाबाट परिवार र समुदायमा संक्रमण फैलिएको निष्कर्ष नजिक आफूहरु पुगेको बताए । फागुन पहिलो साता दुबईबाट आएका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको भए पनि उनीहरुको परिवारका अरु सदस्यको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।

उदयपुरमा कोरोना उपचार केन्द्र बनाउन एक करोड छुट्याएको भन्दै उनले प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन दिएका थिए ।

छलफलमा जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले स्वास्थ्य सामग्री, दक्ष जनशक्तिको अभाव रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले पनि प्रदेश सरकारले उदयपुर जिल्लालाई सिल गर्ने निर्णय गरेको तर अन्य प्रदेशसँग समन्वय नहुँदा वाहिर जिल्लाबाट सर्वसाधारण आउने क्रम नरोकिएको बताए ।

प्रदेश सांसद नारायण बुर्जामगर, अम्बिका थापा, विमल कार्की, जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले अस्पतालमा आएका बिरामीलाई चिकित्सकले उपचार गर्न नमान्ने, एम्बुलेन्स चालकले विरामी बोक्न नमान्ने जस्तो समस्या देखिएको गुनासो गरेका छन् ।

अनलाइन खवर बाट

शुक्रबार, १२ बैशाख, २०७७, बिहानको ०८:४६ बजे

सम्बन्धित खवर