वर्ल्डभिजनद्वारा प्रदेश सरकारलाई स्वस्थ सामाग्री हस्तान्तरण

दमक / विराटनगरस्थित वल्र्ड भिजन इन्टरनेशनलले प्रदेश सरकारलाई ३४ लाख बराबरको व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तण गरेको छ ।

बिहिबार वल्र्ड भिजन ईन्टरनेशनलका पुर्व क्षेत्रीय व्यवस्थापक विनय आमात्यले प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईलाई २ सय १५ थान पिपिई सेट र ३२ थान ईन्फ्रारेड थर्मोमिटरसहितका सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश सरकारलाई हस्तान्तरण गरिएको सामाग्रीहरुमा एन ९५ मास्क, सर्जिकल मास्क, मेडिकल प्रोटेक्टिभ क्लोथ, इलेक्ट्रोनिक थर्मोमिटर, ग्लब्स र ह्याण्ड सेनिटाईजर लगायतका सामाग्रीहरु समावेश छन् । पिपिई सेट हस्तान्तरण गनुहुँदै वल्र्ड भिजन ईन्टरनेशनलका प्रतिनिधि आमात्यले प्रदेश नं। १ का मोरङ, सुनसरी र उदयपुर जिल्लामा पनि स्थानीय तहसँगको समन्वयमा विभिन्न स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरिएको बताउनुभयो ।

मुख्यमन्त्री राईले अग्रभागमा कोरोना संक्रमणको उच्च जोखिममा रहेर कार्य गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रमुख प्राथमिकताका साथ उक्त सामाग्रीहरु वितरण गरिने जानकारी दिनुभयो ।

हाम्रोमत बाट

शुक्रबार, १२ बैशाख, २०७७, दिउँसोको ०३:१० बजे

सम्बन्धित खवर