सुन्दरहरैचा नगरपालिकाको निति तथा कार्यक्रम : पुरानाको निरन्तरता संगै केही नयाँ

बैकल्पिक खवर

सुन्दरहरैचा नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ को वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरले हिजो आठाैँ नगरसभा मार्फत आफ्नो निति तथा कार्यक्रम प्रस्तुत गरेको हो । नगर प्रमुख शिव प्रसाद ढकालले आज नगरसभामा सुन्दरहरैचा नगरपालिकाको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।  निति तथा कार्यक्रम सहित नगरसभाले आगामी आर्थिक वर्ष २०७८–७९का लागि २ अर्ब १५ करोड १२ लाख ७ हजार १ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बजेटमा आजदेखी छलफल हुदैछ।

आज प्रस्तुत गरिएको निति तथा कार्यक्रममा पुराना कार्यक्रमहरु लाई निरन्तरता दिदै केही नया कार्यक्रमहरु पनि प्रस्तुत गरिएको छ । कोरोना महामारीका कारण उत्पन्न परिस्थिति लाई मध्यनजर गर्दै आगामी बर्षको बजेट तथा निति कार्यक्रम ल्याइएको नगर प्रमुख ढकालले बताए ।
नगरको यो बर्षको बजेटमा सामाजिक सुरक्षा , स्वास्थ , खेलकुद र संचार क्षेत्रमा केही नया कार्यक्रम हरु थपिएका छन । नगरले आगामी आर्थिक बर्षमा गरिब तथा बिपन्न परिवारका सदस्यहरु लाई स्वास्थबिमा गराउन प्रती ब्यक्ती २५०० रुपैया उपलब्ध गराउने कार्यक्रम लाई बजेटमा समेटेको छ । त्यस्तै गरि नगरपालिका भित्र बसोबास गर्ने स रु ५ लाख रुपैया छुट्याएको छ । भने स्थानीय सञ्चार गृहको बिकास तथा ब्यबस्थापनका लागि रु १० लाख रुपैया बिनियोजन गरेको छ ।
नगरले स्थानीय खेलकुदको बिकासका लागि मेयरकप लाई निरंतरता दिएको छ । त्यस्तै शिक्षा तर्फ नगरपालिका भित्र रहेको एकमात्र सुकुना बहुमुखी क्याम्पसमा एमफिल को कक्षा संचालनका गर्ने विषयलाई नीति तथा कार्यक्रममा समेटेको छ । कृषि क्षेत्रलाई मध्य नजरगर्दै नगरपालीकाले निशुल्क माटो परिक्षण गर्ने जनाएको छ भने कृषि उपकरण र मल तथा बिउमा सहजीकरण गर्दै जाने विषयलाई नीति तथा कार्यक्रममा समेटेको छ ।
नगरसभामा बोल्दै मेयर ढकालले नगरका ठुला आयोजना लाई विशेष प्राथमिकता राखिएको बताए । ढकालले निति तथा कार्यक्रमले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिको सामना गर्दै नगरको बिकास लाई मुख्य लक्ष्य बनाएको बताएका छन ।

बिहिबार, १० असार, २०७८, बिहानको ०५:१५ बजे

सम्बन्धित खवर