प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथी दोश्रो दिनको बहस सुरु

बैकल्पिक खवर

दोस्रोपटक भएको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि दोस्रो दिनको बहस सुरु भएको छ। हिजो पहिलो दिन ५ जनाले बहस गरेका थिए।

बुधबार गठबन्धनका पाँच कानुन व्यवसायीले आफ्नो बहस गरेसँगै रिटलाई हेर्दाहेर्दैमा राखिएको थियो। आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ लगायत कानून व्यवसायीले बहस गर्नेछन्।

पहिलो दिनको गठबन्धनका पाँच कानुन व्यवसायीले आफ्नो बहस गरेका थिए। बुधबार वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गरेका थिए।उनीहरुले बहसका क्रममा विघटन बदर हुनुपर्ने जिकिर पेस गरेका थिए।

कानुन व्यवसायीहरुले बहसका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को उपधारा ५ को सरकार गठन गर्दा संविधान मिचेको आरोप लगाए।

सर्वोच्चले निवेदकहरुलाई बहसका लागि १५ घन्टाको समय तोकेको छ। करिब चार घन्टा बहस भएकाले अब ११ घन्टा उनीहरुले बहस गर्ने छन्। गठबन्धनको तर्फबाट करिब ३०० कानुन व्यवसायीले वकालातनामा दर्ता गराएका छन्।

बिहिबार, १० असार, २०७८, बिहानको ११:५५ बजे

सम्बन्धित खवर