दमकको वजेट १ अर्व ३८ करोड ४६ लाख

दमक, १० असार / दमक नगरपालिकाले आर्थिक बर्ष २०७८÷ २०७९ का लागि रु १ अर्व ३८ करोडको ४६ लाख बराबरको अनुमानित बजेट ल्याएको छ ।
आज भएको ९ औं नगरसभामा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बार्षिक नीति तथा कार्यक्रमसहित कुल रु १ अर्ब ३८ करोड ४५ लाख ९९ हजार वजेट प्रस्तुत गरिन् ।
नगरले कोभिड –१९ सँग लड्न स्थापना गरेको कोषमा रकम बढाउँदै क्वारेण्टाईन, आइसोलेशन निर्माणको कामलाई अझ व्यवस्थित बनाउँदै लैजाने जनाएको छ । यसको नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहनका लागि बजेटको व्यवस्था गर्न लागिएको उपप्रमुख अधिकारीले बताइन् ।

बिहिबार, १० असार, २०७८, रातीको १०:२१ बजे

सम्बन्धित खवर