सरकार विरुद्ध विद्यार्थी उत्रिए सडकमा

असार १०/ संसद् विघटन सहितका प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमको विरोध गर्दै आएको विपक्षी गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले देशव्यापी प्रदर्शन थालेका छन् ।
पाँच दलीय विपक्षी गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले कोरोना महामारीकै बिचमा सडक संघर्ष थालेका हुन् । महामारीको समयमा पनि स्वास्थ्य मापदण्ड र भौतिक दुरी कायम गर्दै बिहीबार विद्यार्थीले काठमाण्डौको प्रदर्शनी मार्ग सहित देशव्यापी प्रदर्शन गरेका हुन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ, माओवादी केन्द्रको अखिल अक्रान्तिकारी, एमालेको माधव नेपाल समूहको अनेरास्ववियु, जसपाको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखिल (छैठौं) ले देशव्यापी सडक संघर्ष थालेका हुन् ।
नेपाली जनताको त्याग, बलिदान र समर्पणको जगमा प्राप्त भएको गणतन्त्र, शासन प्रणाली र संविधान नै ध्वस्त बनाउने दिशामा प्रधानमन्त्री केपी शर्मा ओली लागेको भन्दै प्राप्त उपलब्धि जोगाउन आन्दोलन थालेको ति विद्यार्थी संगठनले जनाएका छन् ।

बिहिबार, १० असार, २०७८, रातीको १०:२८ बजे

सम्बन्धित खवर