कांग्रेस नेता योङ्यालाई पितृशोक

बैकल्पिक खवर

नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि तथा दमक उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष घनेन्द्र राज योङ्यालाई पितृशोक परेको छ ।

योङयाका पिता कृष्ण प्रसाद योङयाको आज ८७ बर्षको उमेरमा मृत्यु भएको छ । योङ्गयाको दमकस्थित एड्भान्स अस्पतालमा उपचारको क्रममा आज शनिबार दिउँसो निधन भएको हो । फोक्सोमा संक्रमण भएपछि उनलाई तीनदिन देखि उपचारका लागि एडभान्स अस्पतालमा राखिएको थियो ।
स्व. योङया छोराहरु मध्ये घनेन्द्र नेपाली कांग्रेसको माहासमिती सदस्य तथा राजकुमार योङया राष्ट्रिय प्रजातान्त्र पार्टी निकट रहेका छन । उनी गतसाल सम्पन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनमा द्धितीय उपाध्यक्षमा निर्वाचित भएका हुन
यसैवीच ,योङयाको शवको भोलि साउन १० गते आईतबार बिहान १० बजे कोशी नदीस्थित चतराधाममा अन्तिम दांह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

शनिबार, ०९ साउन, २०७८, दिउँसोको ०३:३४ बजे

सम्बन्धित खवर