दमक , ९ साउन / झापामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोडका दुईजना रहेका छन् । बिर्तामोडकी ५९ वर्षिया महिला र ६० वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । त्यस्तै दमककी ३० वर्षिया महिला , गौरीगञ्जका २४ वर्षिय पुरुष र दमकका ८७ वर्षिय पुरुषको पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ४२५ पुगेको छ ।

यसैगरी दमकका ४६ सहित झापाका २२३ जनालाई संक्रमण पुष्टि भएको छ । दमकमा संक्रमित थपिएकामा १८ पुरुष , २८ महिला रहेका छन् । जिल्लामा भने १३४ महिला र ८९ जना पुरुषलाई संक्रमण देखिएको हो ।

योसँगै झापामा कूल संक्रमितको सँख्या २० हजार ४९२ पुगेको छ । त्यसमध्ये १४ हजार ५८१ जना डिस्चार्ज भएका छन् । जिल्लामा २७९२ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।

Facebook Comments Box