भारतीय राजदूत श्रीवास्तवले भेटे बाबुराम

७ भदौ, काठमाडौं / नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईंसँग नेपालका लागि भारतीय राजदूतले भेटघाट गरेका छन् ।

नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले टोखास्थित भट्टराई निवासमा पुगेर शिष्टाचार भेट गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै भट्टराईंले नेपाल र भारतबीचका आपसीहितका विषयमा विचारविमर्श भएको उल्लेख गरेका छन् ।

बुधबार, ०८ भदौ, २०७९, बिहानको ०६:३६ बजे

सम्बन्धित खवर